Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन, न्युक्यासल र आर्सनल विजयी

सन्डरल्यान्ड, चेल्सी र एभर्टन भने पराजित

143
Shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शनिबार राति भएका खेलमा ब्राइटन, न्युक्यासल र आर्सनल विजयी भएका छन् ।

ब्राइटनले सन्डरल्यान्डलाई १–० गोलले पराजित गरेकाे हाे । ब्राइटनका यान्कुबा मिन्टेहले गोल गरेका थिए। त्यस्तै, न्युक्यासलले चेल्सीलाई १–० गोलले पराजित गरेकाे छ। न्युक्यासलका एन्थोनी गोर्डनले गोल गरेका थिए। त्यस्तै, आर्सनलले एभर्टनलाई २–० गोलले पराजित गरेकाे हाे। आर्सनलका भिक्टर ग्योकेरेस र म्याक्स डाउम्यानले गोल गरेका थिए ।

त्यस्तै, शनिबार राति नै भएकाे खेलमा बर्नली र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै, वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हाे । वेस्ट ह्यामका कोन्स्टान्टिनोस माभ्रोपानोज र सिटीका बर्नार्डाे सिल्भाले गोल गरेका थिए । ईपीएलमा आर्सनल ३१ खेलमा ७० अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत रहेकाे हाे ।

त्यसैगरी सिटी ३० खेलमा ६१ अंकसहित दोस्रो र म्यानचेस्टर युनाइटेड २९ खेलमा ५१ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।