Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


छिमेकी देशमाथि आक्रमण नगर्न इरानलाई हमासको आग्रह

सबै देश तथा अन्तर्राष्ट्रिय संस्थालाई युद्ध रोक्न हमासको आह्वान

1.7k
Shares

एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ ।

हमासले एक वक्तव्य जारी गर्दै छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हाे । हमासले इरानलाई अमेरिका–इजरायलको आक्रमणको जवाफ दिने अधिकार भने रहेको बताएको छ । हमासले इरानी नीतिहरूमा सार्वजनिक रूपमा टिप्पणी गरेको यो पहिलो पटक हो ।

हमासले मध्यपूर्व युद्धमा इरानसँग ऐक्यबद्धता व्यक्त गरेको छ । तर अहिलेसम्म इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छैन । त्यस्तै, लडाकु समूह हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई युद्ध रोक्न पनि आह्वान गरेको छ । गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेका थिए । त्यसयता इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ ।

मध्यपूर्वमा युद्ध शुरू भएको दुई हप्ता बितिसकेको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक संकट भने गहिरिँदै गएको हाे ।