Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


लेबननमा नेपाली शान्ति सैनिकको क्याम्पमा हवाई हमला


0
Shares

काठमाडाैं ।
मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ।

शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेल क्षेत्रमा संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको क्याम्प नजिक विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा मानवीय क्षति नभएको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनामा सामान्य भौतिक क्षति भए पनि कुनै नेपाली सैनिक घाइते नभएको जानकारी दिएका छन्।

घटना हुँदा सबै नेपाली सैनिक बंकरमा रहेको र हेडक्वार्टरको एउटा भवनमा सामान्य क्षति भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान संयुक्त राष्ट्रसंघले गर्ने जनाएको छ।।