काठमाडौं ।
संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले मध्यपूर्व युद्धमा फसेका र जोखिममा रहेका आप्रवासीलाई इरानबाट बाहिर निकाल्न पहल शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले गोलाबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासी अत्यधिक जोखिममा रहेको जनाएको अन्र्तरष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सङ्कटमा परेका सयौँ आप्रवासीसहित अन्य तेस्रो देशका नागरिकलाई पनि सहयोग गर्न आफू तयार रहेको आइओएमले जनाएको छ । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय यूएनएचसीआरले अस्ति इरानबाट ३२ लाख मानिसहरू विस्थापित भएका जनाएको थियो ।
गएको फेब्रुअरी २८ तारिखमा अमेरिका–इजरायलको संयुक्त आक्रमण इरानमा शुरु भएयता युद्धको असर मध्यपूर्व क्षेत्रभर फैलिएको छ । युद्धका कारण इन्धन सङ्कट निम्तिएको छ ।अमेरिका–इजरायल र इरानबीचको लगातारको युद्धले समुद्री मार्गबाट हुने आपूर्ति श्रृङ्खलालाई ठूलो प्रभाव पारेको छ ।
विशेषगरी आयात व्यवसायमा जोडिएका क्षेत्र मध्यपूर्व तनावको चपेटामा परेका छन् । जसले आर्थिक प्रभाव पारिरहेको छ । इन्धन ढुवानीका लागि रणनीतिक क्षेत्र ‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदा तेल र ग्यास उद्योगहरू मात्र होइन, विश्वव्यापी यातायातलाई पनि उत्तिकै असर पुर्याएको छ ।
समाचार संस्था एएफपीका अनुसार इरानको ‘स्ट्रेट अफ हर्मुज’ प्रभावित हुँदा हजारौँ व्यावसायिक सामान बोक्ने जहाजहरू अवरुद्ध छन् ।








प्रतिक्रिया दिनुहोस्