Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


क्रोएसियामा दुई नेपालीको मृत्यु


8.6k
Shares

काठमाडौं ।

क्रोएसियामा सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका–२ का २७ वर्षीय भुवन विक रहेका छन्।

रोजगारीका लागि बोस्निया गएका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ।

उक्त दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।