Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


झिनो मतान्तर र ओखलढुङ्गामा रास्वपाको उदय (भिडियाे रिपोर्ट)


962
Shares

ओखलढुंगा। प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा ऐतिहासिक योगदान पु¥याएको र सहिद भूमिको रूपमा पहिचान बनाएको पहाडी जिल्ला ओखलढुंगामा यसपटकको निर्वाचन परिणाम निकै रोचक बनेको छ ।

पुराना राजनीतिक दलहरूको बलियो प्रभाव रहँदै आएको यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो खाता खोल्दै राजनीतिक समीकरणमा नयाँ मोड ल्याइदिएको छ ।

२९ वर्ष प्रहरी सेवामा बिताउनुभएका नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल रास्वपाबाट उम्मेदवार बन्दा यहाँको प्रतिस्पर्धा निकै कडा हुने अनुमान पहिले नै गरिएको थियाे ।

ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी, खरिदार र अदालतको डिठ्ठा हुँदै प्रहरीको उच्च पद एआईजीसम्म पुग्न सफल पोखरेलले यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर नयाँ इतिहास रच्नुभएको छ ।

मतदाताले दिएको मतको सम्मान हुने गरि भावी दिनमा काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।