काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनकाे बारेमा टिप्पणी गर्नुभएकाे छ।
नेता बास्कोटाले बिहीबार सामाजिक संजालमार्फत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिनुभएकाे हाे । नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्सु (उत्कर्ष) र ‘कोल्याप्सु (पतन) को समयकाे बारेमा आफूले आँकलन गरेको स्मरण समेत गर्नुभएकाे छ। वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उहाँको तर्क थियाे ।
तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ भएका कारण एकताको आधार कमजोर भएकाे उहाँकाे ठहर छ ।तत्कालीन नेकपाको नेतृत्व तहमा देखिएको कार्यशैलीप्रति लक्षित गर्दै उहाँले सोभियत संघको विघटनबाट पाठ नसिक्नु र चिनियाँ मोडलको नक्कल गर्न खोज्नु सुपरफ्लपु भएको टिप्पणी गर्नुभयाे ।
कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै नेता बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभयाे । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा आन्तरिक कलहका कारण विभाजित भएपछि अहिले दुवै दल फरक–फरक अस्तित्वमा रहेका छन्।
एमालेका नेता बास्कोटाले सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छ:








प्रतिक्रिया दिनुहोस्