Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


जेनजी आन्दोलन: जाँचबुझ आयोगले प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन बुझायाे

प्रतिवेदन अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने प्रधानमन्त्री कार्कीकाे वचन

910
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको हताहती र विध्वंशकाे बारेमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझ्नुभएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आयोगका अध्यक्ष कार्कीसहितका पदाधिकारीले उक्त प्रतिवेदन आइतबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । उक्त प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने वचन दिएको आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताउनुभयाे।

उहाँले भन्नुभयाे,-‘ उक्त आन्दोलनमा जसले गल्ती गरेको छ, उसलाई कारबाहीको सिफारिस भएको छ । ‘जसले गल्ती गरेको छ, उसलाई अभियोग लगाइएको छ। आन्दोलनका क्रममा केही सुरक्षा लापरबाही भएको छ। ’ उहाँले संसद् भवन परिसरमा आन्दोलनकारी अघि बढ्दा ब्यारिकेडबाटै कमी कमजोरी देखिएको समेत बताउनुभयाे।