Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


बाजुरामा कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी


468
Shares

जनक बाेहरा-संवाददाता

बाजुरा । प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएकाे छ।

नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गिरी विजयी हुनुभएकाे हाे । गिरीले १७ हजार १ सय ७३ मत ल्याएर निर्वाचित बन्दा एमाले उम्मेदवार थापाले १६ हजार ६ सय ३३ मत ल्याएर पराजित हुनुभएकाे छ ।

तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाहले ३ हजार ४ सय २८ मत ल्याउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ६ हजार ३५ मत ल्याउनुभएकाे छ।