Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


बर्दिया-१ मा रास्वपाका ठाकुर सिंह थारु अग्रस्थानमा


286
Shares

बर्दिया । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बर्दिया क्षेत्र नं. १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुर सिंह थारू अग्रस्थानमा रहेका छन्।

हालसम्म ४९ हजार ५२ मत गणना हुँदा ठाकुर सिंह थारूले २६ हजार ८ सय ७९मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्।
यस्तै नेकपा (एमाले) का उम्मेदवार शालिकराम अधिकारीले ८ हजार ८२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतमले ४ हजार ६सय ७२ मत पाएका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका विष्णु प्रसाद चौधरीले ४ हजार ९० मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतका अनुसार हालसम्म २ हजार ४ सय ८ मत बदर भएका छन् भने ४६ हजार ६ सय ४४ मत सदर भएको छ।
बाँकी मत गणना कार्य जारी रहेको र अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।