Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


जाजरकोटमा शक्ति बस्नेतलाई पराजित गर्दै कांग्रेसका खड्क बुढा विजयी


299
Shares

काठमाडाैं । जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगका अनुसार बुढाले २० हजार १४२ मत प्राप्त गरी विजयी भएका छन् भने बस्नेतले १७ हजार ४०७ मत पाएका छन्।

यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघब कार्कीले २ हजार ४७१ मत पाएका छन्।