Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


रौतहट- १ बाट रास्वपाका चौधरी विजयी


234
Shares

रौतहट।

पुराना राजनीतिक दलका दुई प्रभावशाली नेताहरूलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

चौधरीले नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा नेपाल सद्भावना पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरी उम्मेदवार बनेका पूर्वमन्त्री अनिल झालाई पराजित गर्दै जित हासिल गरेका हुन्।

कुल ७१ हजार २०३ मत खसेको उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरीले २८ हजार ९४६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ७ हजार ६६९मत प्राप्त गरेका छन् भने नेपाल सद्भावना पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरी उम्मेदवार बनेका पूर्वमन्त्री अनिल झाले ८ हजार ५७४मत प्राप्त गरेका छन्।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र यादवले ६ हजार ८८६ मत प्राप्त गरेका छन्।
विजयी भएका चौधरी प्रतिनिधिसभामा नयाँ अनुहारका रूपमा प्रवेश गरेका हुन्।