काठमाडौं । गत भदाैंमा जेनजी युवाले गरेकाे आन्दोलनमा भएको दमन र विध्वंशकाे बारेमा जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ ।
प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेकाे जनाइएकाे छ। अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने जनाएकाे हाे ।
गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनकाे बारेमा जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेका हुन् ।







प्रतिक्रिया दिनुहोस्