भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता लिनुभएकाे छ।
हालसम्मको मतपरिणाम अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्नुभएकाे हाे । उहाँलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहनुभएकाे छ। घिमिरेले १ हजार ६९ मत प्राप्त गर्नुभएकाे हाे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रताप गुरुङ तेस्रो स्थानमा रहनुभएकाे छ। उहाँले १ हजार १० मत प्राप्त गर्नुभएकाे छ।
नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ६ सय ६८ मत प्राप्त गर्नुभएकाे हाे । चितवन–२ मा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्