उदयपुर । उदयपुरमा ५० प्रतिशत मतदान भएको छ । यहाँ २ लाख ३८ हजार ९ सय २६ मतदाता छन । जसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेको यस क्षेत्रमा ५२ मतदान स्थल मा १६० मतदान केन्द्र रहेका छन । उदयपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा जानका लागि १८ जना प्रतिस्पर्धामा रहेका छन ।
९६ हजार १ सय २२ मतदाता रहेको उदयपुर क्षेत्र नं २ मा ५१ मतदान स्थलमा ११५ मतदान केन्द्र रहेका छन । उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा जानका निमित्त १३ जनाले प्रतिस्पर्धा गरिरहेका छन ।
यो जिल्लामा निर्वाचनलाई शान्ति सुरक्षा दिन नेपाली सेना, सशस्त्र प्रहरि, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरि २७ सय सुरक्षाकर्मी खटाईएको थियो ।
अहिले सम्म यो जिल्लामा निर्वाचन बिरोधी कुनै पनि गतिविधि भएको पाइएको छैन भने शान्तिपूर्ण तवरमा निर्वाचन सम्पन्न भएको छ । उदयपुरका दुईवटा क्षेत्रमा मुख्य ४ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र रास्वापाको मुख्य प्रतिस्पर्धा देखिन्छ । जिल्ला कारागार उदयपुरमा २४६ जना कैदि भएकोमा २८ जना ले मतदान गरेका छन ।







प्रतिक्रिया दिनुहोस्