सागर न्यौपाने, स्याङ्जा।
स्याङ्जा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मध्यान्ह ४ बजेसम्ममा कुल १ लाख १४ हजार ७१८ मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ६१ हजार ७४८ महिला र ५२ हजार ९७० पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
यो संख्या जिल्लाको कुल मतदाताको करिब ४६.०७ प्रतिशत हो। स्याङ्जा जिल्लामा कुल २ लाख ४८ हजार ८१६ जना मतदाता रहेका छन्। जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्