Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


म्याग्दीमा ३ बजेसम्म ४८ प्रतिशत मत खस्यो


104
Shares

ध्रुवसागर शर्मा, म्याग्दी ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा बिहीबार दिउँसो ३ः३० बजेसम्म ४० हजार सात सय ८५ अर्थात् ४७.२० प्रतिशत मत खसेको छ ।

म्याग्दीका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जिल्लाका ८२ मतदानस्थलका एक सय २२ मतदान केन्द्रबाट प्राप्त तथ्याङ्क अनुसार दिउँसो ३ः३० बजेसम्म ४७ दशमलव २० प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

कुल खसेको मतमध्ये महिलाको २२ हजार ६७, पुरुषको १८ हजार ७ सय १८ र अन्य एक जनाको रहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु मतदानका लागि लाइनमा बसिरहेका छन् । अत्यन्त सौहार्दपूर्ण वातावरणमा मतदान भैरहेको उहाँले बताउनुभयो । “मतदाताहरु मतदानका लागि उत्साहित छन्,कुनै अप्रिय घटना भएको जानकारी आएको छैन”मुख्य नर्वाचन अधिकृत थापाले भन्नुभयो ।

म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२२ मतदान केन्द्र कायम गरिएको छ ।