Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सिरहामा १ बजेसम्म ५० प्रतिशत मत खस्यो


260
Shares

राम बाबु यादव, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहामा मतदान सुरु भएको ६ घण्टाभित्र करिब ५० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान दिउँसो १ बजेसम्म जिल्लाभर ४५ देखि ५० प्रतिशतसम्म मतदान भएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा कुल ४ लाख ५३ हजार ६५४ मतदाता रहेका छन् भने जिल्लाभर ५३१ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार निर्वाचन क्षेत्र नं–१ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल १ लाख ११ हजार ९४९ मतदाता रहेका छन्। यस क्षेत्रमा १३० मतदान केन्द्र कायम गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं–२ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल १ लाख १५ हजार ७६० मतदाता छन् भने १३६ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन क्षेत्र नं–३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल १ लाख १९ हजार २५० मतदाता रहेका छन्। यस क्षेत्रमा पनि १३६ मतदान केन्द्र कायम गरिएको छ।

यस्तै निर्वाचन क्षेत्र नं–४ मा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिला गरी कूल १ लाख ६ हजार ६८६ मतदाता रहेका छन् भने १२९ मतदान केन्द्रबाट मतदान भइरहेको छ। सिरहाका चारवटै क्षेत्रमा विहान ७ बजेदेखि शान्तिपुर्न मतदान भइरहेको छ ।