स्याङ्जा ।
स्याङ्जामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ४६ हजार ४८९ मत खसेको छ । यो कुल मतदाताको १८.६८ प्रतिशत मत खसेकाे हो ।
निर्वाचन कार्यालयका अनुसार स्याङ्जा क्षेत्र नं. १ मा २५ हजार ३४० जना अर्थात १९.३६ प्रतिशत मत खसेको छ भने स्याङ्जा क्षेत्र नं. २ मा २१ हजार १३९ जना अर्थात १७.९३ प्रतिशत मत खसेको छ ।
मतदान केन्द्रहरूमा मतदाताको उपस्थितिसहित शान्तिपूर्ण रूपमा मतदान भइरहेको भने स्याङ्जा क्षेत्र नं. अन्तर्गत वालिङ १० काे चाल्ने ढुङ्गा मदीखाेला मतदान केन्द्रमा मतदान स्थगित भएको छ।







प्रतिक्रिया दिनुहोस्