Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


सिन्धुली स्कुटर दुर्घटना अपडेट : मृतक स्कुटर चालकको परिचय खुल्यो


2.9k
Shares

बुद्ध नेपाली, सिन्धुली।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज बस र स्कुटर ठाेक्किँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जादै गरेको बा.४.ख ३८९४ नम्बरको बस र बजारबाट चियाबारीतर्फ जाँदै गरेको गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका २ बित्तिजोर भन्ज्याङ घरभई हाल कमलामाई नगरपालिका ६ धुराबजार बस्ने ३४/३५ बर्षिया चन्द्र श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र चालक हरिहरपुरगढी गाउँपालिकाका ४१ बर्षीया राज कुमार माझि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेको छन् ।