Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


सिन्धुलीमा बस र स्कुटर ठाेक्किँदा एक जनाको घटनास्थलमै मृत्यु


676
Shares

बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा बस र स्कुटर ठाेक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र बजारबाट चियाबारीतर्फ जाँदै गरेको गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक–आपसमा ठाेक्किँएकाे हो ।

दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३०/३५ बर्षका पुरुष रहेकाे र परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र चालक हरिहरपुरगढी गाउँपालिकाका ४१ बर्षीया राजकुमार माझि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेको छन् ।