Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


गाडीमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुई कार्यकर्ता पक्राउ


1.5k
Shares

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार रहेका छन् ।

उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।

आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो ।