पोखरा । कास्कीको पोखरास्थित लेकसाइडमा आज दिउँसो शंकास्पद वस्तु फेला परेको छ ।
पोखरा महानगरपालिका–६, लेकसाइडस्थित एक पसलछेउमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
स्थानीयका अनुसार, लेकसाइडको लालुपातेमार्गनजिकैको एउटा पसलबाहिर एक व्यक्तिले झोला छाडेर गएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्