काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रूपैयाँमा कारोबार भएको चाँदी भएकाे थियाे । तर मंगलबार चाँदी ताेलामा पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य साेमबारको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।







प्रतिक्रिया दिनुहोस्