Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


मध्यपूर्वको तनावप्रति नेपाल सरकार गम्भीर

नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

104
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले देशवासीलाई साेमबार सम्बोधन गर्ने क्रममा इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकारले गम्भीर रहेको बताउनुभएको हो । उहाँले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सुक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । उहाँले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजु-भाइ, दिदी-बहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताउनुभएकाे छ ।

संकटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै उहाँले नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न वर्तमान सरकार पूर्ण रूपमा कटिवद्ध रहेको आश्वासन दिनुभएको छ ।प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र दुतावास तथा कुटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गर्नुभयो ।

Skip This