काठमाडाैं । नेपाली बजारमा साेमबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।
सुन साेमबार तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । आइतबार सुनको मूल्य तोलाको ३ लाख २० हजार रुपैयाँ थियो ।
त्यस्तै, साेमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी साेमबार तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हाे । आइतबार चाँदीको मूल्य तोलाको ५ हजार ९ सय ८५ रुपैयाँमा काराेबार भएकाे थियो ।








प्रतिक्रिया दिनुहोस्