Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’ मा भारत सेमिफाइनलमा प्रवेश

वेस्ट इन्डिज भने ५ विकेटले पराजित

338
Shares

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’मा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेकाे छ।

भारतको इडेन गार्डेन्समा आइतबार राति भएकाे ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेकाे हाे । वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । भारतका सञ्जु स्यामसनले अविजित ९७ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ड इन्डिजले ५ विकेट गुमाएर १ सय ९५ रन बनाएकाे थियाे ।

वेस्ट इन्डिजका रोस्टन चेसले सबै भन्दा बढी ४० रन बनाएका हुन् । आइतबारै भएको ‘सुपर एट’को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेकाे छ । योसँगै टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह-१ बाट दक्षिण अफ्रिका र भारत तथा समूह-२ बाट इङ्ग्लायन्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

बुधबार हुने पहिलो समिफाइनल खेलमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे हाे । त्यस्तै, बिहीबार हुने दोश्रो सेमिफाइनलमा भारत र इङ्ग्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ। १०औं संस्करणको प्रतियोगिताको फाइनल खेल फागुन २४ गते हुने भएकाे हाे ।

Skip This