Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


रामेछापमा एमालेका सुजन पौडेलले कांग्रेस उम्मेदवार रामचन्द्र खड्कालाई सघाउने घोषणा


5.6k
Shares

रामेछाप । नेकपा एमालेका पूर्व जिल्ला सदस्य सुजन पौडेल (रमेश बाहुन)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्कालाई सघाउने घोषणा गरेका छन्।

शनिबार लिखु तामाकोशी गाउँपालिकामा आयोजित नेपाली काँग्रेसको चुनावी कार्यक्रम तथा घरदैलो अभियानमा पौडेल कांग्रेस उम्मेदवार खड्काको पक्षमा मत माग्दै सहभागी भएका थिए। उनले रामेछापमा नेपाली काँग्रेसका उम्मेदवार खड्कालाई विजय गराउन आफ्नो पूर्ण सहयोग रहने बताएका छन्। पौडेल लिखु तामाकोशी गाउँपालिकाका निवासी हुन्।

वि।सं। २०६४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट पार्टी सदस्यता लिई एमाले प्रवेश गरेका पौडेललाई तत्कालै जिल्ला समिति सदस्य पदमा मनोनित गरिएको थियो। केही समय एमालेमा सक्रिय राजनीति गरेका उनले पछिल्लो अवधिमा वैदेशिक व्यवसायमा पनि समय बिताएका थिए।

रामेछाप काँग्रेसले पौडेल र उनको टिमको समर्थनले आगामी निर्वाचनमा थप सहजता महसुस गरेको जनाएको छ। यस घटनाले रामेछापको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।