Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


इरानकाे आक्रमणप्रति यूएईकाे निन्दा, प्रतिरोधात्मक प्रहारले गम्भीर खतरा उत्पन्न गर्ने निष्कर्ष

यूएईले सुरक्षा निकाय उच्च सतर्कतामा राख्याे

2.8k
Shares

एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो क्षेत्रमा इरानले गरेका पछिल्ला आक्रमणहरूप्रति कडा निन्दा गरेको छ।

यूएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानूनको विपरीत भएको बीबीसीले जनाएकाे हाे । सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक धारणा सार्वजनिक गर्दै यूएईले इरानको प्रतिरोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्यको संज्ञा दिएको छ। यस्ता गतिविधिले सर्वसाधारणको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने र क्षेत्रीय स्थिरतालाई धराशायी बनाउने यूएईको ठहर छ।

यूएईको रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार, इरानले प्रहार गरेका १ सय ३७ वटा ब्यालिस्टिक मिसाइल र २ सय ९ वटा ड्रोनहरूलाई युएईका रक्षा बलले सफलतापूर्वक बीचैमा निष्क्रिय पारेका छन्। यद्यपि, केही ड्रोनहरू भने देशको जमिन र जलक्षेत्रमा खसेका थिए। मन्त्रालयले खसेका ती १४ वटा ड्रोनका कारण केही भौतिक क्षति भएको जनाएकाे हाे।

वर्तमान सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै यूएईको रक्षा मन्त्रालयले आफ्ना सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको जनाएको छ।