काठमाडौं ।
प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्युठान नगरपालिका बाग्दुलानजिकै दुर्घटना भएको हो। लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीले स्कुटरलाई ठक्कर दिएको हो।
घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन्।
दुर्घटनामा लमही नगरपालिका-६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ की सुजता भण्डारी घाइते भएका हुन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।







प्रतिक्रिया दिनुहोस्