Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


बालेनकाे टिप्पणी: ‘देश कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍यो’


1.1k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

चितवनमा शुक्रबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौंडा सिमेन्ट उद्योग बन्द गरिएको बताउनुभयाे । उहाँले देश नेपाली कांग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टी चिन्हमा मतदान गर्न समेत आग्रह गर्नुभएकाे छ ।

नेता शाहले पार्टी सभापति नै यहिबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गर्नुभयो ।