काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गत शुक्रबार समूह ‘दुई’ का इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
साेही खेल श्रीलंकाको कोलम्बोमा शुक्रबार साँझ सवा ७ बजेदेखि शुरु हुने भएकाे हाे । सुपर–८ अन्तर्गत समूह ‘दुई’बाट एक खेल अगाडि नै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेको छ । साेही खेलमा न्युजिल्याण्ड विजयी भए शीर्ष स्थानमा रहँदै यी दुई टिम यो समूहबाट सेमिफाइनल प्रवेश गर्ने भएका हुन् । आजको खेलमा न्युजिल्याण्ड पराजित भए अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
सेमिफाइनल प्रवेशका लागि शुक्रबारको खेल न्युजिल्याण्डका लागि महत्त्वपूर्ण छ । यो समूहमा इंग्ल्याण्डले दुई खेलमा निरन्तर जित निकाल्दै चार अंक जोड्दा न्युजिल्याण्डले भने एक खेलमा अंक बाँडेर अर्को जित निकाल्दै तीन अंक बनाएको हाे । अंक तालिकामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ भने न्युजिल्याण्ड दोस्रो स्थानमा रहेकाे हाे ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बाब्वे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन्। सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका हुन्।







प्रतिक्रिया दिनुहोस्