Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सुनचाँदीको मूल्य आज फेरि बढ्याे


780
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको हाे। बुधबार चाँदी प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।