Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


आईसीसी टी-२० विश्वकपको सुपर-८मा आज दुई खेल हुँदै

जित्नै पर्ने दबाबमा भारत र जिम्बाब्वेबीच रोचक भीडन्त हुँदै

1.8k
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार दुई वटा खेल हुने भएकाे छ।

भारतको अहमदावादमा बिहीबार दिउँसो सवा ३ बजेदेखि पहिलाे खेलमा समूह ‘एक’ कै शीर्ष स्थानमा रहेका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । यो प्रतिस्पर्धामा विजयी हुने टिम सेमिफाइनल पुग्ने भएकाे छ। त्यस्तै, दोस्रो खेल भने बिहीबार बेलुकी सवा ७ बजेदेखि आयाेजक भारत र जिम्बाब्वेबीचकाे प्रतिस्पर्धा भारतको चेन्नईमा हुने भएकाे हाे।

सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बाब्वे अंक विहीन अवस्थामा छन्। बिहीबारको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको जिम्बाबेका लागि समेत खेल जितेर सेमिफाइनल यात्रा सहज बनाउनुपर्ने दबाब छ। २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बाब्वे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्। सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड एक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी रहेकाे हाे। यो समूहबाट श्रीलंका भने बाहिरिसकेको छ। श्रीलंकाले सुपर आठका दुई खेल गुमाएपछि सेमिफाइनल यात्रा अन्त्य भएको हो। सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्डले तीन अंक बनाउँदा पाकिस्तानको एक अंक छ। दुवै खेल गुमाएको श्रीलंका अंक बिहीनकाे अवस्थामा पुगेकाे हाे।

सुपर आठको समूह ‘एक’मा भने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले दुई/दुई अंक जोड्दा भारत र जिम्बाब्वे अंक विहीन छन्।यो समूहबाट सेमिफाइनल पुग्न अब भारत र जिम्बाबेले दुवै खेल जित्नुपर्ने दबाब छ। साथै १०औं संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।

Skip This