Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


हेटौँडामा माेटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु


754
Shares

काठमाडाैं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

ना।४३ प २२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन र चालक भने दुर्घटनालगत्तै फरार भएका छन्।

प्रहरीले फरार सवारीको पहिचानका लागि आसपासका सीसीटीभी फुटेज अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।