Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


अमेरिकामा उदयपुरका तीन जनाको वीभत्स हत्या


10k
Shares

काठमाडाैं । अमेरिकाको भर्जिनियामा सोमबार भएको हत्या काण्डमा मारिने तीनै जना उदयपुरको बेलका नगरपालिका ९ रामपुर बजारका बासिन्दा रहेको खुलेको छ ।

छोरीको घर गएका छत्रबहाुर थापा क्षेत्रीले श्रीमती विमला थापा र छोरी ममता थापा बस्नेतको हत्या गरेका हुन् । नियन्त्रणमा लिन आत्मसर्मणका लागि गरेको आग्रह नमाने पछि अमेरिकी गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको छ भने छत्रबहादुरको आक्रमणबाट ज्वाई सन्तोष बस्नेत घाईते भएका छन ।

मानसिक रोगी समेत रहेका थापाले श्रीमती र छोरीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन । उदयपुरको बेलका ९ रामपुरका स्थानीय जयराम मगरले दिएको जानकारी अनुसार गत कार्तिक महिनामा थापा दम्पती छोरीज्वाईले बोलाएपछि अमेरिका गएका थिए ।

छत्र बहादुर थापा मानसिक रोगी भएकोले उपचार भैरहेको छिमेकी जयरामले बताउनुभयो । छत्रबहादुरले शुरुमा श्रीमती विमलाको हत्या गरेको र रोक्न पुगेकी छोरी ममतालाई समेत हत्या गरेका थिए । घटनाा डेढ वर्षिया नातिनी भने सकुशल रहेको बताइएको छ । परिवारकै ३ जनाको ज्यान गएको घटनापछि छत्रको घर रहेको रामपुरमा अहिले रुवाबासी छ । उनको उदयपुर घरमा १ छोरा र १ छोरी रहेका छन् ।