Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


उपचारका लागि आवश्यक रकम जुट्यो, सहयोग रोक्न साम्बाको आग्रह


1.5k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आवश्यक रकम जुटिसकेको भन्दै थप सहयोग नगर्न आग्रह गरेकी छन्।

सोमबार उपचारका लागि सहयोग अपिल गरेकी साम्बाले २४ घण्टाभित्रै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको जानकारी दिएकी हुन्।