काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ ।
राजधानीमा मंगलबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । हाल वस्तुगत उपाध्यक्ष रहनुभएका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दावी गर्नुभयाे । उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ। उहाँले निजी क्षेत्रका समस्या समाधान नै आफ्नो मुख्य दायित्व रहेको र आफू निर्वाचित भए सरकारसँग राख्नुपर्ने विषय स्पष्ट रूपमा राख्ने उहाँकाे भनाइ छ।
आवश्यक परे सरकारी निकायका ढोका ढक्ढक्याउने बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधन गर्न पहल गरिएको उहाँले बताउनुभएकाे छ । कर सुधारका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ थियो । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया दिनुहोस्