Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


कप्तान साम्बाको उपचारमा ५ लाख रूपैयाँ दिने कांग्रेसकाे घोषणा


793
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मंगतबार सामाजिक सञ्जालमार्फत यस्ताे जानकारी गराउनुभएकाे हाे । उहाँले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराउनुभएकाे छ।

कप्तान साम्बाले सोमबार मात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन् । यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालभर आक्रोश फैलिएको हाे ।