काठमाडाैं । यहि फागुन २१ गते हुने निर्वाचनकाे सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय बैतडीले इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर साेमबार राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएकाे जनाएकाे छ । बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसअघि यहि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि मृत्यु भएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, माघ तेस्रो हप्ता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भीरबाट लडेर ज्यान गएको प्रहरीले बताएकाे छ।







प्रतिक्रिया दिनुहोस्