Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


आईसीसी टी-२० विश्वकपकाे ‘सुपर-एट’ मा आज इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

पाकिस्तान ऐतिहासिक जितकाे खाेजीमा

533
Shares

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा मंगलबार पाकिस्तानले इंग्ल्याण्डकाे सामना गर्ने भएकाे छ।

साेही खेल श्रीलंकाको पल्लेकेलेमा मंगलबार बेलुका सवा ७ बजेदेखि शुरू हुने भएकाे हाे । ‘सुपर–एट’ मा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई पराजित गरेको थियो । पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको थियो । इंग्ल्याण्ड २ अंकसहित ‘सुपर–एट’ मा समूह २ मा शीर्ष स्थानमा रहेकाे छ । पाकिस्तान १ अंकसहित दोस्रो स्थानमा रहेकाे हाे ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३२ पटक भेट भएकोमा इंग्ल्याण्ड २१ र पाकिस्तान ९ खेलमा विजयी भएको छ । त्यस्तै, एउटा खेल नतिजाविहीन भएको भएकाे हाे । त्यस्तै, टी–२० विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म ३ पटक भेट भएकोमा सबै खेल इंग्ल्याण्डले जितेको छ । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् ।

साथै १०औं संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।