Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


गम्भीर घाईते वाइबालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयाे


13
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा बोलेरो गाडीले ठक्कर दिई दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन्।

आज मरिण गाउँपालिका–७ क्याम्पसचोक स्थित मदन भण्डारी राजमार्गमा हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको लु.प्र.०१–०० च ३८८१ नम्बरको बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट मरिण गाउँपालिका–६ कपिलाकोटडाँडाका अन्दाजी वर्ष ६१/६२ की चण्डी माया वाइबा गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेलाई प्रारम्भिक उपचारका लागि कपिलाकोट प्राथमिक केन्द्रमा लगिएको थियो।

त्यसपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो। अवस्था झन् जटिल बनेपछि उनलाई काठमाडौँस्थित ह्याम्स अस्पतालमा रेफर गरी हेलिकप्टरमार्फत पठाइएको सिन्धुलीका डिसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न गाडी र चालक प्रहरीका कञ्चनपुर बेदकोट नगरपालिका–१० का ३६ बर्षिया अमर दत्त पन्तलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।