Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सातजना घाइते


1.9k
Shares

काठमाडौं ।

सिन्धुलीको मरिण गाउँपालिका–४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार छन् ।

मरिण–६, धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार, हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिक ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूका कान, टाउको, हात, छाती, मुखमा चोट लागेको र हाल प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको उनले बताए ।

धमिलेका ३० वर्षीय नवराजलाई कामबाट निकालेका विषयमा विवाद सुरु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This