Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


उदयपुरमा बस दुर्घटना हुँदा १५ घाइते, दुईजना गम्भीर


442
Shares

काठमाडाैं । उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ओखलढुंगा डिलक्सको बस उदयपुरगढी नगरपालिका-७ अँधेरीमा बा२ख ६२७५ नम्बरको बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । दुर्घटनामा उदयपुरगढीकी ७३ वर्षीया सोममाया तामाङ र कटारी नगरपालिकाकी ६० वर्षीया सोममाया परियार गम्भीर घाइते छन् । अन्य घाइतेहरूको अवस्था सामान्य र मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

Skip This