काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा- ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गर्नुभएकाे छ।
नेता शाहले साेमबार झापा-५ का समस्या र एजेण्डा समेटेर वाचा पत्र सार्वजनिक गर्नुभएकाे हाे। उहाँले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्नुभएकाे छ। वाचा पत्रमा राजनीतिलाई पेशा नबनाउने समेत उहाँले दावी गर्नुभएकाे हाे । उहाँले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने प्रयत्न गर्ने जिकिर गर्नुभएकाे छ।

नेता शाहले विद्यालय छोड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ तथा प्रयोगशाला स्थापना गर्ने समेत बताउनुभयाे । त्यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि नि:शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने र घर-घर स्वास्थ्य सेवा कार्यक्रमझ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने उहाँकाे प्रतिवद्वता छ। उहाँले वाचा पत्रमा झापा-५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण गर्ने नेता शाहकाे दावी थियाे ।
उहाँले भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि कानून निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने पनि बताउनुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्