काठमडाैं । नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुने भएकाे छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही भेलालाई सम्बोधन गर्ने र प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता समेत सहभागी हुने फोर्सका कोशी प्रदेश आयोजकले जनाएकाे हाे । करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको दावी गरिएकाे छ।
झापा-५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने साेही सभा साेमबार दिउँसो ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको हाे।
साेही सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नुहुने भएकाे छ।








प्रतिक्रिया दिनुहोस्