Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


त्रिशुली नदीमा बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु , २४ घाइते


1.2k
Shares


काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु र २४ घाइते भएको छ ।

गए राती करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्बी लोकमार्गमा पोखराबाट काठमाडाैंतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसी दुर्घटना भएको हो।

उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको।

प्राप्त विवरणका अनुसार मृत्यु भएका १७ जनाको शब घटना स्थलमानै रहेको छ भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ ।

घाइते तथा मृतकको सनाखत हुन बांकी छ । दुर्घटनाको कारण खुलेको छैन ।