Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


नवलपरासीमा विनोद चौधरीको कत्तिको सम्भावना ? (भिडियाे रिपोर्ट)


338
Shares

हरि शर्मा, नवलपरासी ।
नवलपरासीमा चुनावी सरगर्मी दिनानुदिन चर्किँदै गएको छ । प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।

तरविगतका निर्वाचन परिणाम र यतिबेला मतदाताबीच चलिरहेको बहसलाई हेर्दा मुख्य प्रतिस्पर्धा परम्परागत राजनीतिक दलहरूबीचमै केन्द्रित हुने देखिएको छ । नवलपरासीमा दुई वटा निर्वाचन क्षेत्र छन् । यी दुई क्षेत्रबाट २३ स्वतन्त्रसहित ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा भने मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलहरूबीच हुने चर्चा मतदाताबीच व्यापक छ । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट विनोद चौधरी पुनः चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ सालमा निर्वाचित उहाँ यसपटक पनि जित दोहोर्याउने दाउमा हुनुहुन्छ ।

उहाँका मुख्य प्रतिस्पर्धीका रूपमा पूर्वमन्त्री हृदयेश त्रिपाठी आठौं पटक उम्मेदवार बन्नुभएको छ । सात पटक चुनाव लडेर पाँच पटक विजयी भइसकेका त्रिपाठी यसपटक पुरानो साख फर्काउने कसरतमा हुनुहुन्छ । गत निर्वाचनमा उद्योगपति समेत रहेका चौधरीले त्रिपाठीलाई ७ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका विक्रम खनाल र नेकपा एमालेका तर्फबाट सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे पनि बलिया दाबेदारका रूपमा देखिएका छन् । एमालेले अघिल्ला दुई निर्वाचनमा त्रिपाठीलाई समर्थन गर्दै आएको सन्दर्भमा यसपटक आफ्नै उम्मेदवार उठाउनु अर्थपूर्ण मानिएको छ ।

यसरी, जित दोहोर्याउने प्रयासमा रहेका चौधरी र साख फर्काउने अभियानमा रहेका त्रिपाठीलाई खनाल र पाण्डेले चुनौती दिएका छन् । यो निर्वाचन क्षेत्रका अधिकांश स्थानीयको प्रमुख पेशा कृषि हो । उखु र केरा खेती आम्दानीको मुख्य स्रोत हो । तर सिँचाइको अभाव, डुबान समस्या र सुरक्षित आवासको अभाव यहाँका बासिन्दाका दीर्घकालीन समस्या बनेका छन् । सामान्य पहल भए समाधान हुनसक्ने यी विषयमा अहिलेसम्म प्रभावकारी काम नभएको स्थानीयको गुनासो छ ।

Skip This