Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छ : काँग्रेस


195
Shares

काठमाडाैं । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो माग गर्नुभएको हो । उहाँले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन पनि आग्रह गर्नुभयो ।

काँग्रेसले जनताको मताधिकार गर्ने अधिकार दायाँवायाँ गर्ने छुट सरकार नभएको पनि सरकारलाई भनेको छ । प्रवक्ता चालिसेले भन्नुभयो,‘निर्वाचनको निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रुपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो । हामीले बारम्वार भनेका छौ कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन ।

हामी निर्वाचनलाई निष्पक्ष गराउने जिम्मा लिएको सरकार निष्पक्ष हुने वातावरण सुनिश्चित गर्न फेरी पनि म तपाईहरुमार्फत अनुरोध गर्न चाहन्छु । नेपाली काँग्रेसले अहिलेसम्म शंका गरिसकेका छैन । तर निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ ।’
पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका धेरै नेता, कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेको दाबी समेत गर्नुभयो ।

Skip This