काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
उहाँले सडक यातायात व्यवस्थापन, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, खेलकुद तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गर्नुभयो । उहाँले सडक ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने र कृषि क्षेत्रलाई वैज्ञानिक तथा आधुनिक बनाउने योजना सार्वजनिक गर्नुभयो । शिक्षा सबैका लागि निःशुल्क र अनिवार्य बनाउने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक नागरिकलाई सुशासनको अनुभूति दिने मेरो पहिलो प्राथमिकता हो । सडक ट्राफिक सधै.का लागि अन्त्य गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने, कृषि क्षेत्रलाई वैज्ञानिक र आधुनिकिकरण गर्ने, शिक्षा सबैको लागि निःशुल्क तथा अनिवार्य गर्ने, स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउने, महिला तथा उद्यमीका लागि विशेष कार्यक्रम लागू गर्ने, हरेक खेलका लागि भौतिक संरचना निर्माण तथा विस्तार गर्ने, कला संस्कृति, साहित्य र पर्यटन संरक्षण र विस्तार गर्ने मेरा प्रतिवद्धताहरु हुन् ।’ आफू निर्वाचित भए स्वास्थ्य सेवामा सबैको सहज पहुँच हुने वातावरण निर्माण गर्ने भुसालको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्